मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य

कोल्टी अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

उमेश रोकाया
२०८२ कार्तिक ११ | मध्यान्ह ०९:०७ बजे

‎बाजुरा , कार्तिक ११ । बाजुरा जिल्लाको पुर्वी भेगमा रहेकोे बुढिनन्दा नगरपालिका-२ कोल्टी आधारभूत अस्पतालमा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ ।

‎एक एक पाइला , गेटा आखा अस्पताल र  बुढीनन्दा नगरपालिका बीचको समन्वयमा आयोजना हुन लागेको नि:शुल्क बृहत स्वास्थ्य शिविरमा तीन दिनसम्म सञ्चालन गरिने भएको छ ।

नि:शुल्क स्वास्थ्य शिविरमा आँखा रोग सेवा ( मोतिबिन्दुको नि:शुल्क शल्यक्रिया ), जेनेरल मेडिसिन, छाला रोग सेवा , नाक, कान, घाटी रोग सेवा, स्त्री तथा प्रसुती रोग सेवा, दाँत रोग सेवा, सामान्य शल्यक्रिया सेवा , कलेजो रोग सेवा, हाड तथा जोर्नी रोग सेवा, बाल रोग सेवा प्याथोलोजी सेवा, रेडियोलोजी सेवा, इन्डोस्कोपी सेवा र फार्मेसी सेवा शिविरमा सेवाहरु प्रदान गरिने भएको कोल्टी आधारभूत अस्पतालले जनाएको छ ।

‎कोल्टी आधारभुत अस्पतालमा शिविर संचालन कार्तिक २४ गते सोमबार बिहान १० बजे देखि कार्तिक २६ गते बुधबार दिनसम्म सञ्चालन हुनेभएको छ । नाम दर्ता समय : बिहान १० बजे देखि ३.३० बजे सम्म गरिने भएको छ । स्वास्थ्य शिविरमा सहभागी भई स्वास्थ्य परिक्षण गरी स्वास्थ्य लाभ लिनुहुन सम्पुर्णमा हार्दिक अनुरोध समेत गरेको छ ।

कमेन्टहरु