सङ्खुवासभाको किमाथांका केन्द्र भएर भूकम्पको धक्का

नवलपुर टुडे
२०८२ कार्तिक ११ | बिहान ०८:०७ बजे

काठमाडौँ । आज बिहान सङ्खुवासभा केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ७ बजेर ३२ मिनेटमा तिब्बत सीमावर्ती क्षेत्र किमाथांका आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको हो ।
४.३ म्याग्निच्युडको भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।























