उपचारका लागि सिंगापुर गए कांग्रेस सभापति देउवा दम्पती

नवलपुर टुडे
२०८२ कार्तिक ११ | बिहान ०६:०७ बजे

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारको लागि सिंगापुर प्रस्थान गरेका छन् । उनीसँगै पत्नी आरजु राणा देउवा पनि सिंगापुर प्रस्थान गरेकी छन् ।
भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट देउवा दम्पती घाइते भएका थिए । देउवा दम्पती सोमबार राति विमानमा सिंगापुर गएका हुन् ।


















