ब्लड डोनर्स सोसाइटी नेपाल, जिल्ला तदर्थ समिति नवलपुर गठन


कावासोती । कावासोती नगरपालिकाको सभा हलमा आईतवार सम्पन्न जिल्ला भेलाले किरण भुर्तेलको संयोजकत्वमा ब्लड डोनर्स सोसाइटी नेपाल, नवलपुर जिल्ला तदर्थ समिति गठन गरेको छ। भेलाले ११ सदस्यीय तदर्थ समिति र ३ सदस्यीय सल्लाहकार समिति गठन गरेको हो।
समितिले जिल्लाभर रक्तदान सम्बन्धी जनचेतना अभिवृद्धि, नियमित रक्तदान कार्यक्रम सञ्चालन र युवाहरूको सक्रिय सहभागिता विस्तार गर्ने निर्णय समेत गरेको छ। तदर्थ समिति सदस्यहरूमा, पवन भुर्तेल,नारायण शर्मा,ईन्सिका पाण्डे, निर्मल गौतम,ईश्वर रेग्मि,मोहम्मद समिम खान,सजल भट्टराई,रितु घर्ती मगर,सोम सुबेदी, सिद्धार्थ पाण्डे चयन भएका छन ।
त्यस्तै सल्लाहकार समितिमा सन्तोष वाग्ले,धर्मराज लुइटेल,अमृता सिग्देल चयन गरिएको छ। भेलाका सहभागीहरूले रक्तदान अभियानलाई नवलपुर जिल्लामा अझ व्यवस्थित र प्रभावकारी बनाउन सबै तहका युवा, समाजसेवी हरूलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।























