पाल्पाको सिद्धबाबामा जिपमाथी ढुङ्गा खसेर सहचालकको मृत्यु

जगत ठाडा मगर
२०७८ साउन १९ | बिहान ०९:०४ बजे

पाल्पा । सोमबार पाल्पाको तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा मन्दिर नजिकै माथिबाट खसेको ढुङ्गाले लागेर जिपका सहचालकको मृत्यु भएको छ ।
पाल्पादेखि बुटवलतर्फ जाँदै गरेको लु२च ७३८७ नं को पिकअप जिपमा सोमबार राति ८ बजे माथिबाट एक्कासि खसेको ढुङ्गा लागेर जिप चालक चापाकोट नगरपालिका–५ बस्ने डिलु थापा घाइते भएका छन् भने सहचालक स्याङ्जा वालिङ नगरपालिका–११ बस्ने २३ वर्षीय आशिष खाँणको मृत्यु भएको छ ।
घाइते सहचालक खाँणलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकामा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको र चालकको अवस्था भने समान्य रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । रासस






















