देश

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

नवलपुर टुडे
२०८२ कार्तिक ९ | मध्यान्ह ०६:०७ बजे

काठमाडौँ । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहका बीच नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा. सुधा शर्मा र बब्लु गुप्तालाई मन्त्री नियुक्त गरेका हुन् ।

शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्री भएकी छन् भने गुप्ता युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्। आज ४ जना मन्त्रीको शपथ गराउने तयारी भए पनि दुई जनाको शपथ रोकिएको थियो।

खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठलाई पनि मन्त्री सिफारिस गरिएको भएपनि अन्तिम समयमा उनीहरूको नाम रोकिएको थियो। गौतम पूर्वस्वास्थ्य सचिव हुन् भने गुप्ता १०० ग्रुपका अध्यक्ष हुन् ।

कार्की नेतृत्वको मन्त्रिपरिषद १० सदस्यीय पुगेको छ ।

कमेन्टहरु