२४४० जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकाका १५३१ जना

नवलपुर टुडे
२०७७ अशोज १९ | मध्यान्ह ०४:०६ बजे

काठमाडौं । पछिल्लो २४ घण्टाभित्र थप २४४० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।नयाँ संक्रमितमध्ये १५३१ काठमाडौं उपत्यकाका रहेका छन् ।
यससँगै कुल संक्रमितको सख्ंया ८९ हजार २६३ पुगेको छ । उनीहरुमध्ये ५५४ जनाको मृत्यु भएको छ भने ६५ हजार २०२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ११३३ जना व्यक्तिहरु संक्रमणमुक्त भएका छन् । संक्रिय संक्रमितको संख्या भने २३ हजार ५०७ पुगेको छ ।























