बजार/ब्यबसाय, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
दुध बिक्री गरी मासिक तीस हजार आम्दानी


बाजुरा , कात्तिक ८ । बाजुराको हिमाली गाउँपालिका –६ का धिमका विन्दराज पाण्डेले दुध बिक्री गरी मासिक तीस हजार आम्दानी गर्दै आउनु भएको छ । यहाँका सबै रोजगारीका गर्नका लागि जिल्ला बाहिर तथा भारतका विभिन्न ठाउँमा जाने गरेको भएपनि पाण्डेले भने गाउँमै भैसी पालेर मासिक तीस हजार आम्दानी गर्दै आउनु भएको होे ।
पहिला देखि गाउँमै बस्ने र भैसी पाल्ने अनी दुध बिक्री गरेर घर परिवार चलाउँदै आउनु भएका पाण्डे अहिले पनि बिहान बेलुकी दुध बिक्री गर्दै आउनु भएको हो । उहाँ कामको खोजीका लागि पहिला देखि अहिले सम्म कतै जानु भएको छैन् । उहाँले गाउँमै भैसी लापेर यहाँका विभिन्न बजारमा दुध बिक्री गद्र्र्रै आएपछि अहिले मासिक तीस हजार आम्दानी गर्नु भएको हो ।
यहाँका सबैले गाउँ बाहिर गएर घरमा छोरा छोरी पढाउँने गरेको भएपनि विन्दराज पाण्डेले भनेर बजारमा भैसीको दुध बिक्री गरेर नै छोरालाई राम्रो सँग पढाउँनु भयो । अहिले उहाँको छोरा गाउँकै भवानी माविमा पढाउँनु हुन्छ। गाउँका सबै रोजगारी गर्नका लागि भारतका विभिन्न ठाउँमा हिउँद वर्खामै काम गर्न जाने भएपनि आफु कतै नगएको हिमाली गाउँपालिका –६ धिमका विन्दराज पाण्डेले बताउनभुयो ।
उहाँले भन्नुभयो, “ अहिले मैले घरमा सधै दुइ भैसी पाल्ने गर्छु । एक दुनु भए अर्को वियाँउने हुन्छ । यसले गर्दा घरमा कहिल्यै पनि दुध खाली हुँदैन । यसै दुध बिक्री गरेर मैले छोरालाई राम्रो सँग पढाएको छु ।” अहिले छोरा पनि गाउँकै भवानी माविमा शिक्षक छ । रोजगारी गर्नका लागि कतै नगएर गाउँमै भैसी पाल्ने गर्दा अहिले घरपरिवार पनि राम्रो सँग चलेको पाण्डेले बताउनुभयो ।
गाउँमा राम्रो भैसी पालन गर्नेका लागि विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरेका छौ । ती कार्यक्रमले यहाँका धेरै किसानलाई भैसी पाल्न निकै सहज भएको हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताउनुभयो ।























