सिँचाइ र पहिरो नियन्त्रणका लागि तनहुँमा १५ करोड रुपैयाँभन्दा बढीका योजना

रासस
२०८२ कार्तिक ६ | बिहान ०९:०७ बजे

तनहुँ । तनहुँको दमौलीस्थित सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भानुले चालू आर्थिक वर्षमा सिँचाइ र पहिरो नियन्त्रणसम्बन्धी रु १५ करोड ७५ लाख बराबरका विभिन्न योजनाहरू सञ्चालन गरेको छ।
यो कार्यालयले तनहुँसहित लमजुङ, मनाङ र गोरखामा पनि काम गर्दै आएको छ। सिँचाइ आयोजना, तटबन्धन, स्पर, रिभेटमेन्ट निर्माण, जग्गा उकास र नदी नियन्त्रणजस्ता कार्यहरूका लागि कार्यालयले अध्ययन तथा सर्भेक्षण गरिरहेको प्रमुख खत्रीले जानकारी दिए।


















