बागमती प्रदेश, मनोरन्जन, मुख्य समाचार, समाचार

ग्रामीण गतिशील समुह र बुढिनन्दा-६, कोटिला द्वारा देउसी कार्यक्रम सम्पन्न

उमेश रोकाया
२०८२ कार्तिक ५ | मध्यान्ह ११:०७ बजे

बाजुरा , कार्तिक ५ । , ग्रामीण गतिशील समुह बाजुरा र  बुढिनन्दा नगरपालिका –०६, कोटिला द्वारा देउसी भैलो कार्यक्रम सम्पन्न गरिएको छ । काठमाडौ देउसी भैलो कार्यक्रममा संकलन गरिएको रकम सामाजिक विकास तथा सुधारका काममा पारदर्शी रूपमा खर्च गरिनेछ ।

कार्तिक ३ गतेदेखि ५ गतेसम्म तिहारको पावन अवसरमा बाजुरा जिल्ला बुढिनन्दा नगरपालिका -५ कोटिला गाउँमा बसोबास गर्दै आएका हाल काठमाडौँलाई कर्मथलो बनाएका सदस्यहरूको सक्रिय पहलमा सफलतापूर्वक देउसी भैलो कार्यक्रम सम्पन्न गरिएको छ ।

‎यस कार्यक्रममा संस्थाका सदस्य, स्थानीय समुदाय, समाजसेवी, शुभेच्छुक तथा बाहिरबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग, सल्लाह र सुझाव प्रदान गर्ने सम्पूर्ण सहयोगी मनहरू प्रती संस्थाको तर्फबाट हृदयपूर्वक धन्यवाद दिएका छन । /सबैको साथ, समर्थन र सल्लाह नै हाम्रो मार्गदर्शन हो” ‘यिनै प्रेरणाले हामीलाई सामुदायिक एकता,सामाजिक दायित्व र गाउँको विकासप्रति समर्पित बनाएको छ ।’

देउसी भैलो कार्यक्रमबाट संकलन रकम पूर्ण रूपमा बाजुरा जिल्ला बुढिनन्दा नगरपालिका –६, को सामाजिक विकास तथा सुधारका काममा पारदर्शी रूपमा खर्च गरिने जनाएको छ । सबै सहयोगी सहभागी सदस्य र शुभेच्छुकहरू प्रति हार्दिक आभार प्रकट गरेको छ ।

‎आगामी दिनहरूमा पनि यसरी नै साथ, सद्भाव र सहकार्यको निरन्तरता रहोस् भन्ने कामना गरिएको छ । तिहारको यस उज्यालो पर्वले हाम्रा परिवार, गाउँ र देशमा सुख, शान्ति,समृद्धि र एकताको ज्योति फैलाओस् यही शुभेच्छा व्यक्त समेत गरेको आयोजकले जनाएको छ ।

कमेन्टहरु