सुनसरीको श्रीपुरबाट १ सय २३ केजी गाँजासहित भारतीय नागरिक पक्राउ

नवलपुर टुडे
२०८२ कार्तिक ५ | मध्यान्ह १२:०७ बजे

सुनसरी । सुनसरी जिल्लाको कोशी गाउँपालीका क्षेत्रबाट नेपाल प्रहरीले एक सय २३ दशमलव ५ केजी गाँजासहित एकजना भारतीय नागरिक लाई पक्राउ गरेको छ । प्रहरी चौकी श्रीपुरजब्दी बाट खटिएको प्रहरी सहायक निरिक्षक पवनकुमार राय नेतृत्वको गस्ति टोलीले बुधवार बिहान गाँजा सहित एकजना भारतीय नागरिक लाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवं डिएसपी योगराज खतिवडाका अनुसार जमूवादेखि भारत सुपौल जोड्ने सडक खण्ड अन्तर्गत प्र -१-०२-००३ ह ८७०५ नम्बर को सिटीलाई शंका लागि चेकजाँच गर्दा एक सय २३ दशमलव ५ केजी गाँजा सहित सिटी सफारीलाई नियन्त्रणमा लिएको हो । गाँजा सहित पक्राउ पर्नेमा भारत सुपौल जिल्ला बस्ने अन्दाजी २२ वर्षका इम्तियाज मियाँ रहेको प्रहरीले जनाएको छ ।


















