जवर्जस्ती करणी र चोरी डाँका मुद्दाका फरार अभियुक्त पक्राउ


बागमती, कात्तिक ४ । जवर्जस्ती करणी र चोरी डाँका मुद्दामा फरार रहेका दुई जनालाई मकवानपुर प्रहरीले जुवा खालबाट पक्राउ गरेको छ ।जुवा खेलिरहेको अवस्थामा असोज ३१ गते ११ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये दुई जना जवर्जस्ती करणी तथा चोरी मुद्दाका फरार अभियुक्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।
यसैगरी पक्राउ परेकामध्ये मकवानपुरको बागमती गाउँपालिका–५ ज्यामिरे निवासी २७ वर्षीय राजेश दर्नाल भन्ने हेमन्त परियार चोरी तथा डाँका मुद्दामा फरार अभियुक्त रहेको प्रहरी नायव उपरीक्षक बोगटीले बताउनुभयो ।
दर्नालमाथि जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी बृत्त महाराजगञ्ज काठमाडौँमा गरी चोरी तथा डाँका कसुर सम्बन्धी पाँच मुद्दा दत्र्ता रहेको उहाँको भनाइ छ । दुवै जनामाथि आवश्यक कानुनी प्रक्रिया पुरा गरी सम्बधित निकायमा बुझाइने प्रहरीले जनाएको छ ।























