देश

सिरहामा खानेपानीको समस्याले गाउँले पीडा, स्थानिय सरकार मौन

जगत ठाडा मगर
२०७८ साउन १८ | मध्यान्ह ०८:०४ बजे

बिनोद मण्डल
सिरहा । सिरहामा खानेपानीको समस्या बर्षादमै देखिन थालेको छ । सिरहाको साविक गाउँविकास समिति विष्णुपुरकटटी ५/६ तथा धनगढीमाई १२ मा खानेपानीको समस्या परेको हो ।

स्थानिय धमनी खानेपानी बोरिङ अर्थात् डिप टटुवेलबाट स्थानिय गाउँहरू मगर टोल, गुढी टोल, विष्णुपुर, ठटीया लगायतका गाउँमा खानेपानीको लागी प्रयोग गर्दै आएको डिप ट्युवेलमा पानीको सतह एका एक घटेपछि पानीको हाहाकार भएको स्थानिय रामलखन यादवले बताउनुभयो ।

यतिबेला पानीको लागी स्थानियहरु गाउँभन्दा २० मिनेटको बाटो हिडेर खानेपानीको पुर्ती गर्दै आइरहेको छ । खानेपानीको समस्याले स्थानियले सास्ती भोग्नु परेको हो । विगतमा इनार, कुवा, खोलामा खानेपानीको लागि भर पर्ने स्थानियहरुलाई यतिबेला फेरि बज्रपात परेको छ ।

स्थानिय सरकार आएपछि ठाउँ ठाउँमा द्वीपटुवेलको सामान्य व्यवस्था मिलायता पनि व्यवस्था दीर्घकालीन नहुँदासम्म जनताले सास्ती भोग्नु पर्ने वाध्यता नियमित रूपमा रहने भएकोले तत्काल स्थानिय सरकारले स्थायी रुपमा उपाय सोच्नुपर्ने आबश्यक्त रहेको छ ।

कमेन्टहरु