अदालत, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

जिल्ला अदालत बाजुरा तिहार बिदामा पनि खुला हुने

उमेश रोकाया
२०८२ कार्तिक ४ | बिहान ०८:०७ बजे

बाजुरा , कार्तिक ४ । जिल्ला अदालत बाजुरा तिहार बिदामा पनि खुला हुने भएको छ । ३ कात्तिकदेखि ७ गतेसम्म भाइटीका र शनिबार बाहेक खुला रहने भएको हो ।

‎यस वर्षको भाइटीका कात्तिक ६ गते छ । उक्त अवधिमा बन्दीप्रत्यक्षीकरणको निवेदन सुनवाई र पक्राउ पूर्जी जारी गर्ने अनुमति प्रदान गर्ने प्रयोजनका लागि मात्रै जिल्ला अदालत खुल्ला रहने जिल्ला अदालतले जनाएको छ । बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म अदालत खुला हुने जानकारी दिइएको छ ।

‘ दिपावली २०८२ को अवसरमा मिति २०८२/७/३ देखि ७ गतेसम्म अदालत बन्द रहने भएकाले न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम बन्दीप्रत्यक्षीकरणको निवेदन सुनुवाई गर्ने तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ बमोजिम पक्राउ पूर्जी जारी गर्ने अनुमति प्रदान गर्ने विशेष व्यवस्था अन्तर्गत भाइटिका र शनिवार बाहेक अन्य दिन बिहान ११ बजेदेखि अपरान्ह ३ः०० बजेसम्म अदालत खुला व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ अदालत प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

<span;>‎हेर्नुहाेस् सूचना ।

कमेन्टहरु