देश

बिगुस्थित कालिन्चोक प्राबि बिद्यालयलाई ४८ बर्षपछि माध्यामिक बिद्यालय संचालनको अनुमती, स्थानिय हर्षित

जगत ठाडा मगर
२०७८ साउन १८ | मध्यान्ह ०६:०४ बजे

दोलखा । दोलखा जिल्ल्लाको बिगु गाउँपालिकास्थित २०२९ सालमा स्थापना भएको श्री कालिन्चोक प्राबि बिद्यालय ४८ बर्षपछि माध्यमिक बिद्यालय संचालनको स्वीकृति पाएको छ ।

बिद्यालय स्थापनाकालमा सार्कीमान थामीको अध्यक्षतामा संचालित हरेक कठिन परिस्थिति पार गर्दै थाङ्मीचागु कोलेपा कापाराङ्ग फिर्केडाडा लोङ्क्योप आहाले उकुराङ सम्मको विद्यार्थी भाइबहिनीहरु अध्यापन गर्नु पर्ने र विभिन्न समय तथा परिस्थितिले बीचमै स्कुल छाडेर अर्ध शिक्षित हुनेपर्ने बाट बल्ल ४८ बर्षा पछि यस बिद्यालयलाई माध्यामिक बिद्यालय संचालनको स्वीकृत दिएको हो ।

अब यहाँको स्थानिय विद्यार्थीहरु अन्त बिद्यालयमा पढ्न जान पर्ने बाध्यता हटेको छ । यसअघि यहाँको स्थानिय विद्यार्थीहरु कक्षा ५ पछि अर्को स्कुलमा जान पर्ने बाध्यता थियो । श्री कालिन्चोक प्रा.बिलाई कक्षा ९ सम्म संचालन गर्ने अनुमानि मिति २०७७/४/१७ गते स्वीकृति दिए पछि यहाँको स्थानीय विद्यार्थी र अबिभाबक खुशी भएको छ ।

यसकारण स्थानियले खुशी ब्यक्त गर्दै बिद्यालय संचालक समितिका परिवार र शिक्षक/शिक्षिकालाई बधाई तथा शुभकामना ब्यक्त गरेका छन ।

कमेन्टहरु