अष्ट्रेलिया पठाइदिने भन्दै अपहरण तथा शरीर बन्धक अपराधमा दुई भारतीय नागरिक पक्राउ

रासस
२०८२ कार्तिक १ | मध्यान्ह १२:०७ बजे

काठमाडौँ, कात्तिक १। नेपाल प्रहरीले अपहरण तथा शरीर बन्धक अपराधमा संलग्न दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी परिसरको टोलीले अपहरण तथा शरीर बन्धक राख्ने अपराधमा संलग्न भारत पञ्जाबका २४ वर्षीय परमप्रितसिंह र २८ वर्षीय लवप्रित सिंहलाई पक्राउ गरेको हो ।
दुवै जनालाई सुन्धाराको होटल न्यू जोमसोमको कोठा नं ६ मा बन्धक बनाएर पीडितसँग रु २० लाख फिरौती मागेको सूचनाका आधार शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो । उनीहरूका साथबाट विभिन्न कम्पनीका चार थान मोबाइलसमेत बरामद गरिएको छ ।























