देश

मनाङका बाढीपीडितलाई ३० लाख रुपैयाँ बराबरको राहत वितरण

जगत ठाडा मगर
२०७८ साउन १८ | मध्यान्ह ०३:०४ बजे

मनाङ । नेपाली कांग्रेस मनाङका सभापति टेकबहादुर गुरुङ, सांसद कर्म घले र प्रदेशसभा सदस्य चिन्ताबहादुर घलेले मनाङका बाढी प्रभावितहरुलाई ३० लाख रुपैयाँ बराबरको राहत उपलब्ध गराएका छन् ।

उनीहरुले मनाङका प्रत्येक घरलाई दाल, चामल, तेल, नुनलगायतका अत्यावश्यक खाद्य सामग्री राहतस्वरुप उपलब्ध गराएका हुन् । मनाङका चारवटै गाउँपालिकाका बाढीपीडितहरुलाई उनीहरुले राहत वितरण गरेका छन् । उनीहरुले ४१ हजार केजी खाद्यान्न नेपाली सेनाको हेलिकप्टरमार्फत मनाङ पुर्‍याएका थिए ।

पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले खराब मौसमका कारण खाद्यान्न पुर्‍याउन नसकिएका बाँकी स्थानमा मौसममा सुधार आउनेबित्तिकै ढुवानी गरिने जानकारी दिए । त्यसका लागि राहत वितरण टोलीका सदस्यलगायत हेलिकप्टर र चालक दलका सदस्य लमजुङको बेंसी शहरमै बसेको नेपाली कांग्रेस मनाङका सचिव सुरेन्द्र गुरुङले बताए ।

पिसाङका स्थानीय राम गुरुङले राहत सामग्री बुझ्दै जोखिम मोलेर राहत उपलब्ध गराएकाले आफूलाई अभिभावक नै पाएको अनुभूति भएको बताए र त्यस्तै
नासो गाउँपालिकाकी उपाध्यक्ष कमलमाया गुरुङले बाढीका कारण गाउँपालिका कार्यालय बगाएकाले सबै काम अन्य जिल्लाबाट सञ्चालन गर्नुपरेको बेलामा राहत आउँदा खुशी लागेको बताइन् ।

कमेन्टहरु