समाचार

भारतको राष्ट्रिय पुलिस एकेडेमीमा ५ नेपाली प्रहरी अधिकृत दिक्षित

नवलपुर टुडे
२०८२ अशोज ३१ | मध्यान्ह ०८:०६ बजे
काठमाडौं । भारतको हैदरावादस्थित सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमीमा सञ्चालित आईपिएस ७७ आरआर समूह अन्तर्गतको प्रशिक्षण पूरा गरी पाँचजना नेपाल प्रहरीका अधिकृतहरू दिक्षित भएका छन् ।
 
उनीहरुलाई एक कार्यक्रमका बीच दिक्षित गरिएको हो । उक्त समूहका सहभागीहरूमध्ये प्रहरी निरीक्षक सगुन खड्काले ‘Best Foreign Officer Trainee in Phase’ को प्रतिष्ठित उपाधि प्राप्त गरे ।
WhatsApp Image 2025 10 17 at 20.56.55 c7788783
 
दीक्षान्त समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धीबिक्रम शाह विशेष अतिथि रूपमा उपस्थित थिए ।

कमेन्टहरु