देश

किशोर किशोरीहरुलाई जिवनवृति याेजना सम्बन्धि परामर्श कार्यक्रम सम्पन्न

नवलपुर टुडे
२०७८ साउन १८ | मध्यान्ह ०३:०४ बजे

नवलपरासी / पश्चिम नवलपरासिमा किशोर किशोरीहरुलाई जिवनवृति याेजना सम्बन्धि परामर्श कार्यक्रम सम्पन्न भएको छ । स्ट्राेम फाउन्डेसनकाे सहयोग तथा एविसि नेपालकाे आयाेजनामा नवलपरासी जिल्लाकाे पाल्हिनन्दन गाउँपालिका , सरावल गाउँपालिका र सुस्ता गाउँपालिकामा किशोर किशोरीहरुलाई जिवनवृति याेजना सम्बन्धि परामर्श कार्यक्रम सम्पन्न भएको छ ।

photo 2021 08 02 15 38 28

एविसि नेपालका क्षेत्रिय प्रमुख मनाेज लामिछानेकाे अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बाेल्दै अध्यक्ष लामिछानेले किशोर किशोरीहरूकाे सपना सकार गर्नलाई र उनिहरूकाे लक्ष्य पूरा गर्नका लागि के गर्नु पर्छ र कसरी गर्नु पर्छ भन्ने बारेमा पुर्ण जानकारी गराउन लाई परामर्श कार्यक्रम सञ्चालन गरिएको बताए । साथै किशोर किशोरीहरुकाे सपना सकार गर्नलाई एविसि नेपल र आफु स्वम समेत सहयोग गर्ने बताउनुभएको थियोे ।

साे अवसरमा प्रशिक्षण गर्दै प्रशिक्षक वरिष्ठ पत्रकार एवम विभिन्न संघ संस्थामा काम गरेर अनुभ प्राप्त भएको लक्ष्मि नाथ ज्ञवालीले आफुले आफ्नाे सपना पुरा गर्नलाई पार गरेको विभिन्न समस्या चुनाैतिलाई बताउदै सपना पूरा गर्न सफल भएको बताउनुभयो । उहाँले किशोर किशोरीहरुले राखेको लक्ष्य सपना पूरा गर्नलाई गर्नु पर्ने विभिन्न कार्यहरु बताउदै किशोर किशोरीहरुले राखेकाे लक्ष्य पूरा गर्न के कस्ता चुनाैति र बाधा पर्छ , र त्यसका समाधानका उपायहरूबारे समेत बताउनुभएको थियो । साथै यहाले किशोर किशोरीहरुले आफ्नाे सपना पूरा गर्न स्वम धैर्य पुर्वक सम्बन्धित कार्यहरु गर्नुपर्ने बताए ।

साे परामर्श कार्यक्रममा आफ्नाे सपना पूरा गर्न सफल भएका एविसि नेपालका भाेलेन्टियर मनिता ढकाल र पत्रकार महेश यादवले आफुले आफ्नाे सपना पूरा गर्न गरेका विभिन्न कार्य र समस्याहरु बताउदै पूरा गर्न सफल भएको उपायहरू समेत बताएका थियो । साथै उहाहरुले आफ्नाे सपना कसरि पूरा गर्नु भयो र के कस्ता बाधा र चुनाैतिहरुकाे सामना गर्नु पर्याे बताउनुभएको थियो । एविसि नेपालका भाेलेन्टियर मनिता ढकाल र महेश यादवले आज आफ्नाे सपना पूरा गरि अन्य विभिन्न कामहरु गरिरहेको उहाहरुले बताउनुभएको थियोे । साथै उहाहरुकाे सपना पूरा गर्नु एविसि नेपालकाे ठुलाे साथ सहयोग रहेको मनिता ढकाल र महेश यादवले बताउनुभएको थियोे ।

साे कार्यक्रममा एविसि नेपालका सुपरभाइजर राजमन बरई , राजेश आर्या , विष्नु परियार , संजित शर्मा , कृति थापा , एकाउन्टेन्ट उमेश देवकोटा ,भाेलेन्टियर जानकि गाैड , दुर्गा विक ,पुजा गाैतम ,विना गाहा मगर, बन्दना चाैधरी , सुरेखा माैर्य लगाएत किशोर किशोरीहरुकाे सहभागीता रहेको थियो ।

कमेन्टहरु