विभिन्न स्थानबाट लागूऔषधसहित ३ जना पक्राउ


काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट ३ जनालाई पक्राउ गरेको छ । दोधारा चाँदनी नगरपालिका -३ बाट ३३ वर्षीय वीर बहादुर डागीलाई करिब ५ सयग्राम अवैध लागूऔषध चरेश सहित प्रहरीले पक्राउ गरेका हुन् ।
यूके ०६ भी ९८७७ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त चरेश फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ ।
त्यस्तै, आइतबार साँझ बेलका नगरपालिका ८ कोठुबाट ४ केजी २ सय ग्राम अवैध लागूऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भोजपुर हचुवा गढी गाउँपालिका ८ निवासी २६ वर्षीय नबिन्द्र राई र सोही ठाउँ बस्ने २३ वर्षीय हेमराज राई रहेका छन् ।
को.१ ज ४५९ नम्बरको बलेरोलाई ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी बोलेरोमा सवार उनीहरु दुबै जनालाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान जारी रहेको छ ।






















