खेलकुद

विश्वकप छनोट: ओमानलाई हराउँदै उपाधि होडमा बलियो बन्यो नेपाल

नवलपुर टुडे
२०८२ अशोज ३० | बिहान ०६:०६ बजे

काठमाडौ । टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले आफ्नो अपराजित यात्रा कायम राख्दै उपाधि होडमा बलियो बनेको छ। दुई खेल अघिनै विश्वकपमा स्थान बनाएको नेपालले बुधबार राति भएको खेलमा ओमानलाई ३८ रनले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो। अब नेपालले आफ्नो अन्तिम खेलमा समाओलाई पराजित गरेमा च्याम्पियन बन्ने छ।

उपाधिका लागि महत्वपूर्ण र निर्णायक मानिएको खेलमा टस जितेर नेपालले पहिले ब्याटिङ गर्दै ओमानलाई १ सय ५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो।

१ सय ५२ रनको लक्ष्य पछ्याएको घरेलु टोली ओमान निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १३ रन मात्र बनाउन सक्यो। उसका लागि विनय सुक्लाले ३२ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक मोहमम्द नदिमले २५ रन बनाउँदा कप्तानजतिन्द्र सिंहले १४ रन बनाए। थप दोहोरो स्कोरका रुपमा अर्यान बिसले ११ रन बनाएका थिए। ओमानलाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि गुल्सन झाले ३ विकेट लिंदा सोमपाल कामी र नन्दन यादवले २-२ तथा सन्दीप लामिछानेले १ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर कुशल भुर्तेलले ५१ बलमा ७ चौका र १ छक्काको सहयोगमा ६९ रन बनाए। उनी बाहेक आसिफ शेखले २४ रन बनाए। यि दुई बिच ६१ रनको साझेदारी भएको थियो। तर त्यसपछि मध्य क्रम लगातार विकेट पतन हुँदा पछिल्लो क्रम केही समालियो। पछिल्लो करममा आएका मोहम्मद आदिल आलामले १६ रन बनाउँदा गुल्सन झाले १८ रन बनाएका थिए। अन्य ब्याटरले भने दोहोरो स्कोरमा रन बनाउन सकेनन्।

ओमानका लागि नदिम खानले ४ विकेट लिंदा सुफ्यान मेहमुद र जितेन रमानन्दीले समान २-२ विकेट लिएका थिए। ओमान पनि विश्वकपमा छनोट भइसकेको छ।

कमेन्टहरु