राष्ट्रपति पौडेलसँग अध्यक्ष दाहालको भेटर्वार्ता

रासस
२०८२ अशोज २९ | मध्यान्ह ०२:०६ बजे

काठमाडौँ, असोज २९। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले आज भेट गर्नुभएको छ ।राष्ट्रपति कार्यालय शीतलमा भएको भेटमा अध्यक्ष दाहालले अन्तर–व्यवस्थापिका सङ्घ (आइपियु) को १५१ औँ महासभामा नेपालको सङ्घीय संसद्को तर्फबाट सहभागी हुनेबारे जानकारी गराउनुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । विश्वभरका १८१ देशका संसदहरू सदस्य रहेको आइपियुको १५१ औँ महासभा स्विट्जरल्यान्डको जेनेभामा यही अक्टोबर १९–२३ मा सम्पन्न हुँदैछ ।
त्यसअवसरमा अध्यक्ष दाहालले आगामी माघमा हुने राष्ट्रियसभा निर्वाचनका सन्दर्भमा समेत जानकारी गराउनुभएको थियो ।


















