जेनजी आन्दोलनका क्रममा बेपत्ता थुक्तेन अझै सम्पर्कमा आएनन्

रासस
२०८२ अशोज २९ | बिहान ०८:०६ बजे

सिमकोट (हुम्ला), असोज २९। नाम्खा गाउँपालिका–३ खगालगाउँका थुक्तेन पाल्वर लामा एक महिनादेखि बेपत्ता हुनुभएको छ । उहाँ काठमाडौँमा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा बेपत्ता हुनुभएको र अझै सम्पर्कमा नआउनुभएको थुक्तेनको परिवारजनले बताएका छन् ।
चौबीस वर्षीय थुक्तेन काठमाडौँको तीनचुलीमा बस्दै आउनुभएको थियो । नारायणथान गुम्बामा लामा ज्ञानको अध्ययन सकाएर एक वर्ष अगाडिदेखि तीनचुलीमा भतिजासँगै बस्दै आए पनि आन्दोलन भएको दिनदेखि सम्पर्कमा नआएको उहाँका बुबा टैछिरिङ लामाले बताउनुभयो । उहाँका अनुसार भदौ २३ गतेको आन्दोलनमा सहभागी भएर थुक्तेन सकुशल कोठा फिर्ता हुनुभएको थियो ।


















