राजनीति

कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई

रासस
२०८२ अशोज २८ | मध्यान्ह ०४:०६ बजे

पाटन (ललितपुर), असोज २८। नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई दिइएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा आज सुरु भएको बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले स्वास्थ्य समस्याका कारण आफू उपस्थित हुन नसक्ने कारण देखाउँदै उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी तोक्नुभएको हो ।

बैठकको सुरुआतमा सभापति देउवाले सम्बोधन गरेपश्चात् यही असोज ३० गते दिउँसो १ः०० बजे बस्नेगरी बैठक स्थगित गरिएको छ । बैठकमा वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु एवम् आमन्त्रित केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो ।

कमेन्टहरु