बालुवाटारमा सत्ता साझेदार दलहरुको कार्यदल बैठक सुरु

जगत ठाडा मगर
२०७८ साउन १८ | मध्यान्ह १२:०४ बजे

काठमाडौं । सत्ता साझेदार दलहरुको कार्यदल बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो । सरकारका न्यूनतम साझा कार्यक्रम तय गर्न बैठक बसेको हो।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित कार्यदललको पहिलो बैठकमा सरकारका कार्यक्रमबारे प्रारम्भिक छलफल भएको थियो । आजको बैठकमा मिहिन रुपमा छलफल हुने र न्युनतम साझा कार्यक्रम तय गर्ने नेताहरुको भनाइ रहेको छ।
कार्यदल बैठकमा संयोजक खड्कासहित कांग्रेसबाट डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठलगायत नेताहरुको सहभागी रहेका छन् ।






















