मस्कोले युक्रेनमाथिको आक्रमण नराेके टोमाहाक मिसाइल उपलब्ध गराइन्छ : ट्रम्प


वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई चेतावनी दिने सम्भावना रहेको बताएका छन् । सोअनुसार यदि मस्कोले युक्रेनमाथिको आक्रमण रोक्ने प्रयास नगरे किएभले टोमाहाक क्रुज मिसाइलहरू प्राप्त गर्न सक्छ । राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग सोमबार हवाईजहाज ‘एयरफोर्स वन’ मा बोल्दै भने, ‘म पुटिनसँग पुनः कुरा गर्न सक्छु र भन्न सक्छु, हेर्नुहोस् यदि यो युद्ध समाप्त हुने छैन भने, म युक्रेनलाई टोमाहाक पठाउनेछु ।’
उनका अनुसार अगस्ट महिनामा अलास्कामा भएको पुटिनसँगको भेटवार्ताले अपेक्षित शान्ति सम्झौता जन्माउन सकेन । त्यसपछि ट्रम्प प्रशासनले युरोपेली साझेदारहरूमार्फत किएभलाई लामो दूरीका मिसाइल आपूर्ति गर्ने विषयमा छलफल गरिरहेको छ ।
ट्रम्पले अहिले पनि गाजा शान्ति सम्झौता र मध्यपूर्वीय स्थायित्वका लागि इजरायल र इजिप्ट भ्रमण गरिरहेका छन् । उनको भनाइमा शान्ति सम्भव छ, तर त्यसका लागि दुवै पक्षले दृढ इच्छाशक्ति देखाउनुपर्छ ।























