बजार/ब्यबसाय, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
आरन पेशाबाट जीविका चलाउदै


बाजुरा , असोज २७ । बाजुरा जिल्लाको पूर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका वडा नं ६ आरन पेशा गरेर घर खर्च धान्ने गरेका छन् । गाउँमा आसी भाडाकुडा कार्दै आएको छन् । पुर्खा बाजेको पालादेखी आरन चलाउने काम अहिलेसम्म चलिरहेको छ ।
घरको आयोस्रोत केही छैन । भाडाकुडा कारेर खानुपर्ने अवस्था छ । आफ्नो नोकर जागिर केही छैन । आरन पेशा गरेर जीविका चलाउने गरेको छु। आरन चलाएर बालबच्चा देखि घरपरिवार पेशाको रूपमा चलाएको छु । दिनभरि भाडाकुडा करेर साँझ बिहान खानाको छाक टार्न पनि मुस्किल भएको धनलाल लवारले बताउनुभयो ।
आफुलाई खान बाहेक अरु केही पुगिरहेको छैन । जसले भाडा कारन दिए बापत खाना मात्र दिने गरेका छन् । आरन पेशा पहिलेदेखि चलन गरेका हुन् । आरन पेशा गरेर गाउँ घरमा केही फाइदा छैन । गाउँघरमा लगि मान्ने चलन छ । जुन लगिका भाँडा कारेर बापत वर्षको दुई पटक मात्र खलो दिने चलन छ ।
भाँडा कारेर घरपरिवारलाई एक छाक टार्न पनि मुस्किल परेको छ । आफू २०/२५ वर्ष हुँदाखेरि आरन पेशा गर्दै आएको हो । अहिले आफु ४३ वर्ष हुँदासम्म पनि गाउँ तिर भाडा कारेर जीवन गुजारा चलाउदै आइरहेको छु । आँसी, कुटा , कोदालो र वनचरो जस्ता भाँडाकुडा कारेर काम कारेर बापत गाउँमा धान, मकै, कोदो र सिमी दिने गरेका लवारले बताएका छन् ।
कसैले खाना मात्रै दिने गरेको छन् । आरन पेशा चलाएर बालबच्चा पाल्ने र आफू खाने काम मात्रै भएको छ । अरु आयस्रोत केही नभएकोले जीविकापार्जन चलाउन पनि मुस्किल अवस्था परेको छ । भाडा करेर गाउँघरतिर आफ्नो परिवारलाई साझ बिहान खानाको लागि मात्र काम हुन्छ । अरु केही काम हुँदैन ।
घरपरिवार लत्ताकपडा किन्न ऋण निकालेर चाडपर्वमा कपडा किन्ने गरेको छु । आरन पेशा गरेर बालबालिका पढाई लेखाइ गर्न बडो मुस्किल समेत परेको छ । बजार आरन पेशा गरिएको भए केही आमदानी हुन्थ्यो , गाउँ घरतिर साझ बिहान खानाको लागि मात्र काम भएको छ ।























