अमेरिकी गायिका केटी र क्यानडाका पूर्व प्रधानमन्त्री जस्टिन प्रेम सम्बन्धमा?

एजेन्सी
२०८२ अशोज २६ | मध्यान्ह ०६:०६ बजे

न्युयोर्क । अमेरिकी गायिका केटी पेरी र क्यानडाका पूर्व प्रधानमन्त्री जस्टिन ट्रुडोको एकसाथको तस्बिर हालै भाइरल भएपछि उनीहरूबीच प्रेम सम्बन्ध पो छ कि भन्ने अड्कल बलियो बनेको छ। केही समयअघिसम्म मित्रताको चर्चामा रहेका यी दुईको नयाँ तस्बिरले सामाजिक सञ्जाल तताएको छ।
क्यानडाको राजनीतिमा प्रसिद्ध व्यक्तित्व जस्टिन ट्रुडो र हलिउडकी चर्चित पप स्टार केटी पेरीको पृष्ठभूमि निकै फरक छ। नेटवर्थको हिसाबले ट्रुडोभन्दा पेरी निकै धनी छिन्। अनुमान अनुसार, २०२५ सम्ममा ट्रुडोको नेटवर्थ ९ करोड ५० लाख डलर छ भने पेरीको नेटवर्थ झन्डै ४० करोड डलर रहेको छ। विश्वभर चर्चित पप आइकन पेरी र राजनीतिमा सीमित ट्रुडोको प्रेम सम्बन्धको खबरले अहिले अन्तर्राष्ट्रिय मिडियामा चर्चा बटुलिरहेको छ।


















