सशस्त्र प्रहरीले लौकही नाकाबाट ३ लाख बराबरको अवैध पटका बरामद गरी नष्ट

देवराज यादव। सुनसरी जिल्ला कोशी गाऊँपालिका १ लौकही सिमानाकाबाट सशस्त्र प्रहरीले ३ लाख बराबरको पटका बरामद गरी नष्ट गरेको छ । आईतबार बिहान ९ बजेको समयमा सिमानाका हुदै लुकाएर लगीरहेको अब्स्थामा सशस्त्र प्रहरीले पटका फेला पारी बरामद गरिएको थियो । अवैध पटकालाई स्थानीय जनप्रतिनिधि, र प्रहरी प्रशासनको रोहवरमा नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल बिओपी लौकहीका प्रमुख मनीष कटुवालले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी निरीक्षक मनीष कटुवालको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले विशेष सूचनाको आधारमा ३ लाख मूल्य बराबरका पटका फेला पारेको थियो । उक्त नष्ट गरिएको १७ प्रकारका पटकाको अनुमानित मूल्य ३ लाखभन्दा बढी रहेको सशस्त्र उपरिक्षक केदार जंग थापाले जनाएको छ । तिहार नजिकिँदै गर्दा स्थानीय व्यापारीले भारतको नाका हुँदै नेपाल ल्याएर लुकिछिपी पटका विक्री गर्ने गर्दछन् ।


















