शुद्धोधन गाउँपालिकामा अज्ञात समूहद्वारा ट्रान्सफर्मर चोरी

जगत ठाडा मगर
२०७८ साउन १७ | मध्यान्ह ०९:०४ बजे

राज कुमार चमार
कपिलवस्तु । शुद्धोधन गाउँपालिका वडा नं. २ भुसुडीमा गए राति अज्ञात समूहद्वारा ५० के.बी ट्रान्सफर्मर चोरी भएको छ । यस शुद्धोधन गाउँपालिका अन्तर्गत ट्रान्सफर्मर चोरीको घटना पहिलो होइन यस्तो घटना धेरै पटक भएको छ ।
चोरीको घटनाबारे स्थानीय विद्युत कर्मचारीसँग सोध्दा ट्रान्सफर्मरमा भोलि विद्युत सञ्चालन गर्नु थियो तर आज ट्रान्सफर्मर चोरी घटना थाहा पाएको बताएका छन् । साथै ट्रान्सफर्मर १ महिनादेखि नै सम्बन्धित ठाउँमा रहेको बताउनुभयो ।
उक्त ट्रान्सफर्मर चोरीबारे थप अनुसन्धान चलिरहेको इलाका प्रहरी कार्यलय पकडीका ईन्चार्ज कृष्णा प्रसाद खत्रीले बताएका छन् ।






















