पुरानो भिडियोका कारण विवादमा ‘सैयारा’ फेम अनीत पड्डा

एजेन्सी
२०८२ अशोज २५ | मध्यान्ह ०१:०६ बजे

मुम्बई । ‘सैयारा’ चलचित्रबाट चर्चामा आएकी अभिनेत्री अनीत पड्डा आफ्नो एक पुरानो भिडियोका कारण समस्यामा परेकी छन्। उनको समस्याको कारण उर्दूका प्रसिद्ध कवि मोहम्मद इकबालको कविता ‘लब पे आती है दुआ’ हो ।
‘सैयारा’ बाट रातारात स्टार बनेकी अनीतको फिल्मी करियरको कुरा गर्दा उनी चाँडै नै अर्को प्रेम कहानीमा देखिनेछिन्। ‘ब्यान्ड बाजा बारात’ का निर्देशक मनिष शर्माले अनीतलाई लिएर एउटा रोमान्टिक फिल्म बनाउने तयारी गरेका छन्। यो फिल्मलाई यशराज फिल्म्सले नै निर्माण गर्नेछ।
मिड डेको रिपोर्ट अनुसार, यो रोमान्टिक फिल्म पञ्जाबमा आधारित हुनेछ र यसको प्रि-प्रोडक्सनको काम पनि सुरु भइसकेको छ। फिल्मको छायाङ्कन सन् २०२६ को पहिलो अर्धवार्षिकमा सुरु गरिनेछ। तर, फिल्ममा अनीतको अपोजिटमा को हुनेछन् भन्ने जानकारी भने अहिले सार्वजनिक भएको छैन।


















