देश

तीन सातादेखि अवरूद्ध प्रदेश १ संसद् बैठक साउन २१ बाट सुरु

जगत ठाडा मगर
२०७८ साउन १७ | मध्यान्ह ०६:०४ बजे

काठमाडौ । सत्तारूढ एमालेभित्रको विवाद र विजनेस अभावका कारण तीन सातादेखि अवरूद्ध भएको प्रदेश १ को संसद बैठक साउन २१ बाट सुरू हुने निर्णय गरिएको छ।

प्रदेश सभाको संसद सचिवालयले आज जारी गरेको सूचनामा बैठक २१ गते बिहीबार १ बजेका लागि आह्वान गरिएको छ। गत असार २५ गते अर्को सूचना जारी नभएसम्मका लागि भन्दै प्रदेश सभा बैठक स्थगित गरिएको थियो।

प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जारी गरेको सूचनामा ‘प्रदेश सभाको आठौं तथा बजेट अधिवेशनको बाइसौं बैठक मिति २०७८ साल साउन २१ गते बिहीबार दिनको १ बजे प्रदेश सभा हल, प्रदेश नम्बर १, विराटनगरमा बस्ने व्यहोरा प्रदेश सभा नियमावली, २०७४ को नियम ६ बमोजिम माननीय प्रदेश सभा सदस्यको जानकारीका लागि माननीय सभामुखज्यूको आदेशानुसार यो सूचना प्रकाशित गरिएको छ,’ भनी उल्लेख गरेको छ ।

कमेन्टहरु