देश

कपिलवस्तुमा सयौको संख्यामा एमालेमा प्रबेश

जगत ठाडा मगर
२०७८ साउन १७ | मध्यान्ह ०५:०४ बजे

कपिलवस्तु । हिजो शनिबार मायादेवी गाउँपालिकामा एक कार्यक्रम बीच विभिन्न पार्टी परित्याग गरी सयौं नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए । जिल्लाको मायादेवी गाउँपालिकाको विभिन्न पार्टी परित्याग गरी ३ सय बढी नेता तथा कार्यकर्ता एमालेका प्रवेश गरेको नेकपा (एमाले) कपिलवस्तुले जनाएको छ ।

photo 2021 08 01 17 26 03

नेकपा (एमाले) मायादेवी गाउपालिकाको कमिटीको आयोजनामा कमिटिका अध्यक्षको अध्यक्षता,प्रमुख अथिती प्रदेश अध्यक्ष्य कमरेड लिला गिरि ,कमरेड बिमला घिमिरे ,कमरेड बलराम अधिकारी ,कमरेड झबिलाल पोखरेल, कमरेड शान्तिदेबी ,कमरेड बिष्णु पन्थी, कमरेड डम्मर शर्मा,कमरेड बिष्णु गौतम, कमरेड बिनोद चौधरी लगायत नेताहरुको आथित्यतामा राम्रो उपस्थितिमा पार्टी प्रबेश कार्यक्रम समपन्न ।

लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा नेकपा (एमाले)का केन्द्रीय सदस्य लिला गिरीले शनिबार एक कार्यक्रममा बीच टिका तथा अविरले एमालेमा स्वागत गर्नुभएको थियोे ।

पार्टी प्रवेश गर्नेमा तत्कालिन लोकतन्त्रिक फोरमवाट गाउँपालिका अध्यक्षमा चुनाव लड्नुभएका हलिम मुसलमान, जमिल मुसलमान,करिम मुसलमान,अख्तर मुसलमान रहेका थिए ।

नवप्रबेशीलाई स्वागत गर्दै पूर्वमन्त्री गिरीले एमालेलाई अदालतले सत्तावाट वाहिर ल्याएकाले अवको चुनावमा फेरी जनमतबाटै सत्तामा पुग्ने दावी गर्नु भयो । एमालेका लागि आगामी चुनाव सत्तामा पुर्नवहाली हुने माध्यमसंगै पार्टीका लागि ठूलो प्राण समेत बनेको बताउनु भयो थियोे ।

एमालेका केन्द्रीय नेता एवं राष्ट्रिय सभा सदस्य विमला घिमिरेले अवको स्थानीय चुनावमा एमालेले मायादेवि गाउपालिका जित्ने आधार बनेको भन्दै थप प्रगतीका लागि अहोरात्र खट्न पार्टी कार्यकर्ताहरूलाई समेत आग्रह गर्नु भयो थियोे ।

एमालेका प्रदेश नेता एवम संविधान सभा सदस्य बलराम अधिकारीले वर्षाैदेखि नागरिकता नपाएका मधेसीहरुलाई नागरिकता र भूमिहिनलाई भूमि दिलाउन एमालेले जुनसुकै अवस्थामा पनि डटेर लाग्ने वताउनु भयो थियोे ।
प्रदेश सांसद एवं एमालको यूवा नेता विष्णु पन्थीले अव मधेसको कायापलट एमालेले मात्र गर्न सक्ने बताउनुभयो थियोे ।

पार्टी जिल्ला अध्यक्ष झविलाल पोख्रेलले एमालेको कामवाट अत्तालिएर देशी विदेशी शक्ति र अदालतको सेटिङमा एमालेलाई सत्तावाट हटाएपछि जनताका बीचमा आएको दावी गर्नु भयो थियोे ।

कमेन्टहरु