पर्यटन, मनोरन्जन, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
कालोपत्रेको परखाईमा पर्यटक सडक


बाजुरा , असोज २३ । बाजुराको डाब खप्तड पर्यटकीय सडक विगत सोह्र वर्ष देखि कालोपत्रेको परखाईमा रहँदै आएको छ । डाब बजार देखि खप्तड सम्मको झण्डै २६ किलो मिटर सयो सडक २०६६ साल देखि कच्ची रुपमा निर्माण कार्य सुरु भएको थियो ।
बुढीगङ्गा नगरपालिकाको वडा नंं –१० को डाब बजार हुँदै बदेडा, सेलापाखा , पीपलगाउँ , जुवापानी हुँदै खप्तड छेडेदह गाउँपालिकाको वडा नं २ गाँज्रा हुँदै १ को काँडा सम्म सडक पुगेको छ । यहाँ देखि झण्डै बाह्र किलोटिर भन्दाबढी खप्तड पुग्न लाग्छ । त्यहाँ सम्म भने अँझै सडक निर्माण गर्न बाँकी रहेको छ ।
डाब खप्तड पर्यटीय सडकले पर्यटकलाई मात्र सहज नभई बुढीगङ्गा र खप्तड छेडेदह लगायतका स्थानीयलाई समेत यसले निकै सहज बनाएको छ । सडक निर्माण भएपछि यहाँ स्थानीयले गाउँमा उत्पादन गरेका तरकारी तथा फलफुल वस्तुलाई बजार पुगाउँन केही सकज भएको थियो ।
तर वर्खाको समय यो सडक धेरै ठाउँमा भत्किने पहिरो लाग्ने गरेकोले त्यति बेला उनीहरुलाई सामान ढुवानी त के आफैलाई समेत हिडडुल गर्न समेत निकै सास्ती हुने गरेको छ । गाउँमा स्याउ , सुन्तला , मार्सो , कोदो , फाँपर , आलु ओखर लगायतका विभिन्न तरकारी तथा फलफुल उत्पादन हुन्छ । तर सडक अलपत्र हुँदा ती बस्तु बजार सम्म पुगाउँ निकै समस्या हुने गरेको खप्तड छेडेदह गाउँपालिका –१ सिग्राका पुरनबहादुर रावलले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ लामो समय देखि यो सडक कालोपत्रे भएको छैन् । सडक कालोपत्रे नहुँदा अहिले ठाउँ ठाउँमा भत्किने गरेको छ । हिउँदको महिना यहाँ चल्ने गाडी अहिले डाब बजारमा नै रोकिने गर्छन् । अनी यती बेला हामीलाई आफु बजार सम्म पुगाउँन समेत निकै सास्ती हुने गरेको छ । ”
यती बेला यहाँका स्थानीयलाई आफु बिक्री गर्न निकै चटारो परेको छ । गाउँमा गाडी आउँदैन । बोकेर बजार लिन सकिदैन । सडकको यस्तो हालत भएको छ । यहाँका अधिकाशं महिलाहरुले पीठ्उँमा बोकेर पनि डाब बजार मालिका रिठा बेतालमाण्डौ बाम्का लगायतका बजारमा बिक्री गर्ने गरेको रावलले बताउनुभयो ।
२०६६ साल बैशास देखि यो सडक निर्माणको काम सुरु गरेको हो । यो सडक झण्डै पाँच वषपछि काँडा सम्म मात्र पुगेको छ । त्यसपछि खप्तडमा सडक लान कुनै पहल कदमी छैन् । यसका लागि हामीले धेरै निकाय सँग कुरा राखेको हो । तर पनि कही कतै देखि यसको सुनुवाई नभएपछि अहिले यो सडक विहालमा रहेको खप्तड छेडेदह गाउँपालिका वडा नं १ वडा अध्यक्ष बीरबहादुर रावलले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ जिल्लाका बडिमालिका कालाजाग्रा बुढीनन्दा जस्तै यो खप्तड पनि पर्यटकीय स्थलको रुपमा रहेको छ । तर पनि यसको संरक्षण तथा प्रवद्धन भने अँझै हुन सकेको छैन् । झण्डै २६ किलोमिर रहेको यो सडकको निर्माण कार्यमा बीस करोड रुपिया खर्च भइसक्यो । तर सडक ठाउँमा पुगेको छैन । कच्ची रुपमा निर्माण गरेको सडक पनि कालोपत्र भएको छैन् । ”
सडक कालोपत्रे हुने भने यहाँका स्थानीयले रोजगारीका लागि भारतका विभिन्न ठाउँमा भौतारिनु नपर्ने थियो । यहाँ अर्गानिक फलफुल तथा खाद्यान राम्रो उत्पादन हुन्छ । वर्खाको समय बाटो नभएकोले त्यो बजार सम्म लान सकिदैन । त्यसैले यो सडक कालोपत्र हुने हो भने यहाँका स्थानीयले आफुले उत्पादन गरेको तरकारी तथा फलफुल बस्तुबाट नै जिविकोपार्जन गर्ने सक्ने रावलले बताउनुभयो ।























