८ महिनादेखि भत्ता नपाएको भन्दै वीर अस्पतालभित्रै कर्मचारीको प्रदर्शन

जगत ठाडा मगर
२०७८ साउन १७ | मध्यान्ह ०३:०४ बजे

काठमाडौं । वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले गएको आठ महिनादेखि कोभिड–१९ जोखिम भत्ता लगायतका अन्य विभिन्न भत्ता नपाएको गुनासो गर्दै प्रदर्शन गरेका छन् ।

कर्मचारीहरुले आठ महिनादेखि रोकिएको सेवा विस्तार भत्ता, औषधि उपचार भत्ता, कोभिड–१९ जोखिम भत्ता नपाएको भन्दै वीर अस्पतालभित्रै प्रदर्शन गरेका हुन् ।
आफूहरुले प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमसँग रोकिएको भत्ता माग गर्दा प्रहरीले हस्तक्षेप गरेको भन्दै कर्मचारीले नाराबाजी समेत गरेका छन् ।
कर्मचारीको प्रदर्शनका कारण वीर अस्पतालमा प्रहरी परिचालन गरिएको हो ।






















