घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
बाजुरा जीप दुर्घटना हुँदा दुई जना घाइते


बाजुरा, असोज २२ । बाजुरा जिल्ला पुर्वी क्षेत्रमा पर्ने जगन्नाथ गाउँपालिका- १ मा जीप दुर्घटना भएको छ । बुधवार दिउँसो कर्णाली करिडोर राजमार्ग स्थित ग्यारेजमा जीप मर्मत गरी सडकमा चेक गर्ने क्रममा जीप दुर्घटना भएको हो ।
स्वामीकार्तिक खापर गाउँपालिका – २ बस्ने दिल बहादुर बुढाले चलाएको सु.प.प्र.०१–००१ ज १२३२ नम्बरको जीप दुर्घटनामा परेको हो । एक्कासी अनियन्त्रित भएर सडकबाट करिब ७५ मिटर तल खस्दा जीपमा सवार दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवबहादुर चौधरीका अनुसार दुर्घटनामा परी गौमुल गाउँपालिकाका अन्दाजी १८ बर्षका सन्तोष बोहरा र ठेगाना नखुलेका सुदिर कुमार घाइते भएका छन्। उनीहरुको टाउको र खुट्टामा चोट लागेको छ । घाइते दवै जनाको बुढीनन्दा नगरपालिका स्थित कोल्टी अस्पतालमा उपचार भइरहेको उनले बताए । त्यस्तै जीप चालक भने सकुशल रहेको जनाएको छ ।























