विपीन जोशीको अवस्था सार्वजनिक हुने इजरायली मिडिया द जेरुसेलम पोष्टको दाबी


काठमाडौं । हमासले बन्धक बनाएका नेपाली युवा विपीन जोशीको अवस्था बुधबार साँझ सार्वजनिक हुने भएको छ । उनको भिडियो सार्वजनिक गर्न लागिएको परिवारले पुष्टि गरेको समाचारमा उल्लेख गरेको छ ।
जेरुसेलम पोष्टका अनुसार इजरायली गुप्तचरले विपीन जोशीको भिडियो प्राप्त गरेको छ । जोशी परिवारले विज्ञप्ति उद्धृत गर्दै जेरुसेलम पोष्टले भनेको छ, “गाजामा भेटिएको जीवनको यो प्रमाण, जुन हामी आज तपाईंहरूसँग साझा गर्दैछौँ, हामीलाई उहाँ जीवित हुनुहुन्छ भन्ने विश्वास दिलाउँछ ।”
सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गर्दा विपीनलाई बन्धक बनाई साथमा लगेका थिए । बन्धक हुनु तीन हप्ता अगाडि उनी कृषि शिक्षा कार्यक्रमको लागि इजरायल पुगेका थिए । उनलाई किबुट्ज अलुमिमबाट बन्धक बनायएको थियोे, जहाँ धेरै अन्य नेपाली विद्यार्थीहरू पनि रहेका थिए ।
बन्धक बनाइएपछि उनको अवस्था के कस्ता छ भन्ने हालसम्म हमासले सार्वजनिक गरेको थिएन । द जेरुसेलम पोष्ट























