आफु आबद्ध रहेको पार्टीले धोका दिए पछि रुपन्देहीबाट दुईहजार जना स्थानिय नेताकार्यकर्ताले नेकपा छोड्ने तयारी

बुटवल । आफु आवद्ध पार्टी र सरकारले धोका दिएपछि रुपन्देहीका नेपाल कम्युनिष्ट पार्टीका सदस्यहरुले पार्टी छोडने भएका छन ।
प्रदेशको राजधानी बुटवलबाट दाङको भालुबाङ सार्ने प्रस्तावको आन्दोलनमा उत्रिएका उनीहरुले पार्टि अध्यक्षहरु समेतले रुपन्देहीका पार्टी सदस्यहरुको अपमान हुनेगरी बुटवलबाट राजधानी सार्न सहमती जनाए पछि उनीहरु पार्टी सदस्यता छोडने मनस्थीतीमा पुगेका हुन ।
हामी अव नेकपामा बस्न उपयुक्त रहेन पार्टि अध्यक्षहरुले राजधानी सार्ने निर्णयमा हस्ताक्षर गर्नु भएको छ । वहाहरुको निर्णय बिरुद्ध सोही पार्टीमा बसेर आन्दोलन गर्न हाम्रो नैतिकताले दिएन त्यसैले आज राजिनामा बुझाउदै छौं राजिनामा संकलन गरि रहेका ति पार्टी सदस्यले भने ।
पार्टिका निर्वाचित जनप्रतिनिधीहरुलाई ह्विप लगाएर कार्वाही गर्ने पार्टीले आफ्ना सदस्यलाई स्वतन्त्रता दिन्छ भन्ने ग्यारेन्टी भएन त्यसैले पार्टि सदस्यता छोडने मनस्थीतीमा पुग्यौं उनले भने ।
टोलटोलबाट समुह बनाएर राजिनामा पत्र संकलन गरि रहेको र आजै २ हजार बढीको राजिनामा पत्र पार्टीका नगर अध्यक्षलाई बुझाउने तयारी गरिएको उनले जानकारी दिए ।
हस्ताक्षर संकलनमा बिशेषगरी राजधानी सार्ने प्रस्ताव बिरुद्ध आन्दोलन गरी रहेका ब्यवसायीक संघ संस्थाका सदस्य तथा बुटवलमा ब्यवसाय गरेर बसी रहेका ब्यवसायीहरुले सक्रियता देखाएका छन ।
नेकपा बुटवल उपमहानगर अध्यक्ष बावुराम पन्थीले आफुले सो बारेमा हल्ला मात्र सुनेको र आधिकारीक रुपमा राजिनामा दिन्छौं भनेर कोही नआएको बताए । मैले पनि हस्ताक्षर संकलन भएको सुनेको छु तर राजिनामा आई सकेको छैन उनले भने ।























