अपराध

बीरगञ्ज बसपार्कस्थित होटल प्याराडाइजमा भारतीय बुवा–छोराको आत्महत्या

नवलपुर टुडे १
२०८२ अशोज २२ | मध्यान्ह ०१:०६ बजे

वीरगञ्ज । वीरगञ्ज बसपार्कस्थित होटल प्याराडाइज को रुम नम्बर १११ मा भारतका बुवा–छोराले आत्महत्या गरेको घटनाले सनसनी मच्चाएको छ। मृतकहरू भारतीय नागरिक भएको प्रारम्भिक जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।

उक्त होटलमै रुम नम्बर ११० मा बसपार्क प्रहरी चौकीका सहायक निरीक्षक (सई) धिरेन्द्र थापालिया बस्दै आएका छन्। नेपाल सरकारले प्रहरी चौकी इन्चार्जलाई कार्यालय नजिकै सरकारी आवास सुविधा उपलब्ध गराए पनि थापालिया लामो समयदेखि होटलमै बस्दै आएको खुलेको छ।

होटलका सञ्चालकका अनुसार सई थापालिया जस्ता केही प्रहरी अधिकारीहरू फ्रीमा—अर्थात् भाडा नतिरी—होटलमा बस्ने गरेको लामो अभ्यास बनेको छ। उनका अनुसार “मधेस आन्दोलनदेखि नै प्रहरी अधिकारीहरू होटलमा भाडा नतिरी बस्ने चलन बसालिएको हो,” भन्ने बताएका छन्।

यसबीच, भारतीय बुवा–छोराको आत्महत्या सम्बन्धी घटनाको कारण खुलेको छैन। प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको बताएको छ। साथै, प्रहरी अधिकारीले होटलमा भाडा नतिरी बस्ने अभ्यास पनि अब अनुसन्धानको दायरामा ल्याइने जनाइएको छ।

कमेन्टहरु