कृषि, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

किसान कोदो काट्न चटारोमा

उमेश रोकाया
२०८२ अशोज २२ | बिहान ०६:०६ बजे

बाजुरा, असोज २२ । बाजुरा जिल्लाका अधिकासं किसान कोदो काट्न चटारोमा रहेका छन । वर्षा लागे संगै खेतमा लगाएको कोदो बाली भित्र्याउन किसान व्यस्त रहेका छन । जेष्ठ असार महिना रोपिएको को वर्षको सम्भावना धेरै हुँदा कृषक चिन्ताजनक परेका छन ।

लगाएको अन्नबाली वर्षाले सखाप पार्ने सक्ने भएपछि गाउँ अधिकास किसान ठुलो चिन्तामा परेका छन। कोदोबाली भित्र्याउन पाए वर्षभरीका लागि खान पुग्ने भएकाले पुरै परिवार कोदो काटनमै व्यस्त रहेको हिमाली गाउँपालिका कृषक सृजना बोहराले बताउनुभयो ।

जतिसुकै खेतीपाती दुख गरेपनी लगाएको कोदोबाली उत्पादन कम हुने हुँदा बजारबाट किनेर खानुपर्ने स्थिति उही रहेकोे अवस्था छ । जसले कोदो बाली उत्पादन कम हुने भएपछि खेतीपाती गर्न घट्दै गएको देखिन्छ । खेतमा रहेकोे कोदोको बाली वर्षाले असर पार्छ भन्ने हिसाबले अलि अगाडि बाट कोदो काटन गाउँमा किसान व्यस्त रहेकोे बताए।

यस बर्षको वर्षे कोदो काट्न किसानलाई चटारो परेका छन । विशेष जिल्लाको पूर्वी उत्तरी भेगका बुढिनन्दा, स्वामीकार्तिक, जगन्नाथ र हिमाली गाउँपालिका क्षेत्रमा यहाँका किसानहरु कोदो काट्न व्यस्त बनेका हुन् । बाजुरामा कोदो काट्ने चटारोमा किसान खेतीहरुमा स्थानीय महिला दिदीबहिनीहरु बढी देख्न सकिन्छ । यसपटक पनि जिल्लामा रहेका गाउँका स्थानीयहरुले कोदो काटिरहेका छन् । गाउँ घरमा कोदो काट्ने काम गरेपनि किसान कोदो गेडा निकाल्ने काम भने परम्परागत तरिकाबाट गरिरहेका किसान काली रोकायाले बताए छन् ।

कमेन्टहरु