देश

म्याद सकिएको सामाग्रीमा नयाँ मिति राखेर बजार पठाउने कस्मेटिक गोदाममा प्रहरीको छापा

जगत ठाडा मगर
२०७८ साउन १७ | मध्यान्ह ०३:०४ बजे

काठमाडौं । म्याद सक्किसकेको कस्मेटिक सामाग्रीमा नयाँ मिति राखेर बजारमा पठाउने गरेको सूचनाका आधारमा प्रहरीले सानो भर्‍याङस्थित एक गोदाममा छापा मारेको छ ।

एसपी कृष्ण कोइरालाका अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरको टोलीले विशेष सूचनाका आधारमा कस्मेटिक सामानको गोदाममा छापा हानेको हो ।

‘भ्यालिस्न, रुम स्प्रे, विभिन्न क्रिम लगायतका सामग्रीमा नयाँ लेबलिङ गरेर पठाउने गरेको पाइएको छ’ कोइरालाले भने, ‘गोदाममा अहिले कामदार मात्र छन्, सञ्चालक भने फरार रहेको छ र खोजी कार्य भइरहेको छ ।’ थप अनुसन्धान जारी छ ।

कमेन्टहरु