मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
विश्व हुलाक दिवसकाे अवसरमा देउडा प्रतियोगिता हुने


बाजुरा, असोज २१ । बाजुरामा विश्व हुलाक दिवसकाे अवसरमा देउडा सञ्चालन गरिने भएको छ। १५१ औँ बिश्व हुलाक दिवसको अवसरमा हुलाक कार्यालय बाजुराकाे आयोजनामा हुलाक सेवाको महत्व र प्रभावकारिता उजागर गर्न देउडा कार्यक्रम गरिने भएको हाे।
“ मानिसहरूका लागि पोस्ट: स्थानीय सेवा विश्वव्यापी पहुँच” भन्ने मूल नाराका साथ हुलाक कार्यालय बाजुराले देउडा कार्यक्रमकाे आयाेजना गर्ने भएको हाे।कार्यालयले एक सूचना जारी गर्दै उक्त प्रतियाेगिता हुने जनाएको छ।
प्रतियाेगिता यहि असाेज २२ गते विहान ९ बजेबाट सुरु हुने हुलाक कार्यालय बाजुराका प्रमुख उत्तम बमले बताएका छन्।उनका अनुसार हुलाक सेवाकाे पहुँचलाई अझै प्रभावकारी तथा बलियाे बनाउन देउडा मार्फत सन्देश दिने गरि कार्यक्रमकाे आयोजना गर्न लागिएकाे बताएका हुन्।
हुलाक सेवा सहरी क्षेत्रमा मात्रै नभई ग्रामिक क्षेत्रमा पनि उत्तिकै प्रभावकारी रहेकाेले यसकाे पहुँचलाई अझै प्रभावकारी र विश्वासको प्रतीकका रूपमा स्थापित गर्न देउडा मार्फत सवाल-जवाफ गरि समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न कार्यक्रम गरिने बताईएकाे छ ।
प्रतियाेगितामा कम्तीमा १२ जनाकाे सदस्यीय हुनुपर्ने छ । देउडामा सवाल-जवाफ र भेषभूषालाई विशेष प्राथामिता दिईने छ । प्रतियाेगिताकाे लागी टिम दर्ता शुल्क असाेज २० गतेदेखि असाेज २२ गते विहान ८ बजेसम्म रहेकाे छ।
टिम दर्ताकाे लागी शुल्क नलाग्ने भएको छ भने टिम दर्ताकाे लागी हुलाक कार्यालयमा सम्पर्क गर्न सकिने छ । प्रतियाेगिता खुलामञ्जमा हुने भएको छ। प्रतियाेगितामा प्रथम हुने टिमलाई नगद दश हजार प्रदान गरिने छ । त्यस्तै द्वितिय हुने टिमलाई नगद सात हजार र तृतिय हुने टिमलाई नगद पाँच हजार प्रदान गरिने हुलाक कार्यालय बाजुराले जनाएको छ।
देउडालाई सुदूर , कर्णालीका क्षेत्रमा महत्त्वका साथ हरिने गरिन्छ । लोकसंस्कृति र लोकसाहित्यको उर्वर क्षेत्र सुदूर र कर्णालीका हरेक गाउँठाउँमा देउडा गुञ्जिने गरेका छन्।देउडा गाेलघेरा लगाई हातमा हात जाेडेर सवाल-जवाफमा साथ खेलिने खेल हाे। वनजंगल, मेलापात कुनै पर्वमा विरही स्वर र भाकामा गाइने देउडा गीत सर्वाधिक लोकप्रिय विधा रुपमा चिनिन्छ ।























