मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

विजय दशमीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

उमेश रोकाया
२०८२ अशोज १७ | मध्यान्ह ०९:०६ बजे

बाजुरा , असोज १७ । बाजुरा जिल्ला हिमाली गाउँपालिका – ६ पाँडी गाउँमा विजय दशमी तथा शुभ दिपावली शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको छ । भवानी बाल समुह द्वारा आयोजना पाँडी गाउँमा कार्यक्रम गरिएको छ ।

‎वर्षदिनमा आफन्त, इष्टमित्रबीच सौहाद्रपूर्ण सम्बन्ध स्थापित गर्ने र दशैंले ठूलाबडा, मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने सिकाउँछ । दशमी अर्थात् विजयादशमीको दिन आफन्त, इष्टमित्र भेला भएर दुर्गा पूजा गर्ने । मान्यजन तथा आफूभन्दा ठूलाबाट टीका थाप्ने, आशिर्वाद लिने गरिएको छ ।

‎दशैंमा मान्यजनबाट आशिर्वाद लिन निधारमा टीका थाप्ने कार्यक्रम गरिएको छ । गाउँमा वृद्धजिवी आम भेला गरेर भवानी बाल समुह भाइबहिनीहरुले नित्य , ठाडी भाका , देउडा र सडक नाटक संगै हाजिर जबाफ प्रतियोगिता , मिठाइँ दौड कार्यक्रम प्रस्तुत गरिएको थियोे । प्रतियोगिता सहभागितालाई प्रथम, दितृय र तृतीय स्थान आउनेलाई पुरस्कार वितरण कार्यक्रम गरिएको भवानी बाल समुह अध्यक्ष अन्तिम रावलले बताउनुभयो ।

‎समाज परिवर्तन गर्न बाल समुह , युवा कलब र महिला सहभागी सबैले चाहे पछि गाउँमा विभिन्न किसिमका विकृति अन्त्य गर्न सकिन्छ । बाल समुहले हरेक क्षेत्रमा कदम चाल्ने सकियो भने अझ समाज फेरबदल गर्न सकिन्छ । दशै शुभकामना दिदै हामी हातेमालो गरेर समाज अगाडि बढ्न सकिने हर्कबहादुर रोकायाले बताएका छ ।

हाम्रो गाउँ ठाउँ बनाउन हामी सबैको एकता हुनुपर्छ । समाज सुधार गर्न एक्लै कहिल्यै सकिदैन , गाउँको ढुङ्गा माटो साथ दिनुपर्छ । कार्यक्रम बोलिरहेका कुरा गर्न गाह्रो हुन्छ । सम्भव सबै चिज छ तर लाग्नुपर्छ,  समाज रुपान्तरण गर्न युवा एकजुट हुन आवश्यक रहेकोे देखिन्छ । आगामी भवानी बाल समुह थप प्रगति कामना साथै विजय दशमीको शुभकामना दिएको वडा अध्यक्ष प्रेमलाल भण्डारी बताउनुभयो ।

उक्त कार्यक्रम सभाअध्यक्ष भवानी बाल समुहका अध्यक्ष अन्तिम रावल प्रमुख अतिथि हिमाली गाउँपालिका -६ का वडा अध्यक्ष प्रेमलाल भण्डारी बिशिस्ट अतिथि नेपाली काङ्ग्रेस बाजुरा क्षेत्रीय `क´ प्रदेश कार्यसमिति सदस्य प्रबलाल भण्डारी , चिन बहादुर रावल अतिथि अमर रावल, रत्न थापा, विर्ख रावल सहित बाक्लो सहभागिता रहेकोे थियोे ।

कमेन्टहरु