देश

हाँस्य कलाकार किरण केसीलाई ‘वासुदेव लुइँटेल पुरस्कार’ प्रदान गरिने

जगत ठाडा मगर
२०७८ साउन १७ | मध्यान्ह ०१:०४ बजे

काठमाडौ । यस बर्षको ‘वासुदेव लुइँटेल पुरस्कार’ लोकप्रिय हाँस्य कलाकार किरण केसीलाई प्रदान गरिने भएको छ ।

‘बासुदेव–विद्यादेव लुइँटेल गुठी’ ले कलाकार केसीलाई नगद रु १ लाख ११ हजार १ सय ११ रुपैयाँ, प्रतिक चिन्ह र कदरपत्र सहित केसीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । यो पुरस्कार गुठीले वासुदेव लुइँटेलको जन्मदिनको अवसर पारी एक कार्यक्रमको आयोजना गरेर प्रदान गर्नेछ ।

हाँस्यब्यङ्ग्य साहित्य, कला र अभिनयको क्षेत्रमा कार्यरत सिर्जनशिल प्रतिभाहरुमध्येबाट एक जनाको छनोट गरि यो पुरस्कार प्रदान गरिदै आएको गुठीले जनाएको छ । कलाकार केसीले यो पुरस्कार प्राप्त गर्दा आफूमा अझै दायित्व थपिएको बताउछन् ।

उनले भने–‘आगामी दिनमा यो सम्मानको मान बढ्ने काम गर्दै आफ्नो कलाकारिताको माध्यमबाट दर्शकहरुलाई अझै मनोरञ्जन प्रदान गर्नेछु ।’

कमेन्टहरु