दुर्घटना

काठमाडौं आउँदै गरेको बस दुर्घटना, एक जनाको मृत्यु, २० घाइते

नवलपुर टुडे
२०८२ अशोज १७ | बिहान ०९:०६ बजे

काठमाडौं । महोत्तरीको खैरमाराबाट काठमाडौं आउँदै गरेको बस बर्दिबास नगरपालिका खैरमारामा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

ना ६ ख १४६३० नम्बरको बस सडकमा पल्टिएर भएको दुर्घटनामा स्थानीय करिब ८० वर्षीय चुल्हाइ चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

दुर्घटनामा २० जना घाइते भएका छन् । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । प्रहरी घटनास्थलमा टोली पुगेर घाइतेहरुको उद्धार गर्दै अस्पताल पठाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहीले जनाएको छ ।

कमेन्टहरु