दुर्घटना

झिँगहा-बकाैली हुलाकी सडकमा दुई माेटरसाइकल एकआपसमा ठाेकिँदा एककाे मृत्यु, एक गम्भीर घाईते

नवलपुर टुडे
२०८२ अशोज १७ | बिहान ०७:०६ बजे
कपिलवस्तु । कपिलवस्तुकाे कृष्णनगर नगरपालिका-१० अन्तर्गत पर्ने झिँगहा-बकाैली हुलाकी सडक खण्डमा दुई माेटरसाइकल एकआपसमा ठाेकिँदा एक युवककाे मृत्युु भएको छ । माेटरसाइकल दुर्घटनामा परी विजयनगर गाउँपालिका-५ कटुवाका २२ वर्षीय लवकुश यादवकाे मृत्युु भएको प्रहरीले जनाएको छ ।
 
प्रहरीका अनुसार उक्त दुर्घटनामा परेका अर्का कृष्णनगर नगरपालिका-१० बकाैलीका १८ वर्षीय रवी चाैरसिया गम्भीर घाइते भएका छन् । गम्भीर घाइते भएका चाैरसियालाई उपचारका लागि शिवराज अस्पताल बहादुरगञ्जमा पठाइएको तर त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि चाैराहा अस्पताल बुटवलमा पठाइएको छ ।
 
मृतक यादव सवार लु ९५ प ९२२ नम्बरको माेटरसाइकल र घाइते चाैरसिया सवार भारतीय प्लेट युपी ५५ एक्यु ८४७४ नम्बरको माेटरसाइकल आएआपसमा ठाेकिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले जानकारी दिए ।
 
आज (बिहिबार) करिब ६ बजेतिर माेटरसाइकल दुर्घटना भएको हाे । मृतक यादवकाे शव पाेष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्जमा पठाइएको र दुर्घटनाकाे विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु