धर्म–संस्कृति/रीतिथिति, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
दशैले गाउँमा चहलपहल बढ्यो


बाजुरा , असोज १५ । दशैले गाउँ घरमा चहलपहल बढ्यो । नेपालीहरुको महान चाड पर्व हिन्दुहरुको विशेष तिहार हुँदा बजार सुनसान गाउँमा चहलपहल भैरहेको छ । नेपालीहरुको प्रमुख चाड दशैं तिहार र छठको अवसरमा गाउँमा आउने लहर रहेकोे पाइन्छ । गाउँमा युवाहरु एकदमै कमै देखिन्थे ।
आजभोलि गाउँ घरमा युवाहरु संख्या वृद्ध हुँदै आएको छ । गाउँका अधिकासं रोजगारी सिलसिलामा स्वदेश तथा विदेश रहेका र पढाई सिलसिला गाउँ बाहिर रहेका मान्छेहरू दशै मनाउन फुलपातीको दिनदेखि दशमीका दिनसम्म आउने गरेको हिमाली गाउँपालिका स्थानीय मनसुर रोकायाले बताउनुभयो ।
अहिले गाउँमा दशै तिहार मनाउन आउनेहरु भिड देखिन्छ । विजय दशमी उपलक्ष्यमा गाउँमा काठमाडौ, नेपालगन्ज र धनगढी सहरी ठाउँमा रोजगारी , पढाई र व्यवसाय रूपमा बस्दै आइरहेका मान्छेहरू गाउँमा भरिभराउ परेका छन ।
दशै तिहार मनाउन आएका गाउँका मान्छेहरू आइरहेका हुँदा रमाइलो देखिन्छ । दशै भन्दा अगाडि गाउँमा वृद्ध र बालबालिकाहरु मात्र देखिन्थ्यो । अहिले युवा , बालबालिका , वयस्क उमेर भएका मान्छे भरिभराउ रहेका छन । यसले गर्दा एक किसिमको दशै रमाइलो मात्र नभएर भेटघाट मौका मिलेको हिमाली गाउँपालिका रिउलो रावलले बताएका छन ।























