मधेश प्रदेश

राजदेवी मन्दिरमा झण्डै १५ हजार बोकाको बलि दिइयो

नवलपुर टुडे
२०८२ अशोज १५ | बिहान ०७:०६ बजे

जनकपुरधाम । जनकपुरधामको राजदेवी मन्दिरमा एकैरातमा झण्डै १५ हजार बोकाको बलि दिइएको छ । बुधबार महाअष्टमीको रात १४ हजार ९ सय ३ बोकाको बलि दिइएको मन्दिरले जनाएको छ।

राजदेवी मन्दिरमा प्रत्येक वर्ष महाष्टमीको राति बोकाबलि हुने गरेको छ । मंगलबार साँझ आठ बजे सुरु भएको बोकाबलि बिहान करिब चार बजेसम्म चलेको थियो । मंगलबार राति भएको बोकाबलिका लागि श्रद्धालुहरू बिहानैबाट लाइन लागेका थिए ।

राजदेवी मन्दिरमा बोकाबलीका लागि धनुषा, महोत्तरी, सिरहा, सर्लाहीलगायतका जिल्लाका साथै सिमापारी भारतबाट समेत श्रद्धालुहरू आउने गरेक छन् ।

कमेन्टहरु