राजनीति

पुर्व गृह राज्यमन्त्री कंडेलद्वारा पार्टी नेताकार्यकर्ता एवं शुभेच्छुकसंग शुभकामना आदानप्रदान प्रसाद टीका जमरा ग्रहण कार्यक्रम नगर्ने

नवलपुर टुडे
२०८२ अशोज १४ | मध्यान्ह ०६:०६ बजे

 

काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कंडेलद्वारा यस बर्ष बिगतका बर्षहरुमा जस्तो पार्टी नेता, कार्यकर्ता एवं शुभेच्छुकहरु बीच शुभकामना आदानप्रदान प्रसाद ग्रहण तथा टीका जमरा ग्रहण लगायतका कार्यक्रम नगर्ने जानकारी दिनुभएको छ ।

गत भाद्र २३ र २४ गते जेनजी पुस्ताका युवाहरुद्वारा आह्वान गरिएको “भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्ध” विरुद्धको आन्दोलनका क्रममा आन्दोलनरत विद्यार्थी, युवा तथा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले ज्यान गुमाएको घटनाले निकै पीडा र दुखित बनाएको भन्दै यसपालिको दशैमा शुभकामना आदानप्रदान, प्रसाद ग्रहण तथा टीका जमरा ग्रहण नगर्ने जानकारी दिनु भयो ।

उक्त घटनामा सहादत प्राप्त नेपाल आमाका महान सुपुत्रहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै, प्रदर्शनका क्रममा घाइते भएका सबैको उपचारप्रति थप गम्भीरता अपनाउन सम्बन्धित निकायलाई आग्रह गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन ।

शान्तिपूर्ण भनिएको आन्दोलनको क्रममा देशका ऐतिहासिक सम्पदा र सार्वजनिक तथा निजी सम्पत्तिमाथि लुटपाट, तोडफोड र आगजनी जस्ता घटनाले दुःखी र चिन्तित बनाएको बताउनुभयो । साथै वहाँले विभिन्न काल खण्डमा परिबर्तित सन्दर्भमा महान त्याग, तपस्या, बलिदान र संघर्षबाट विभिन्न ऐतिहासिक राजनीतिक परिवर्तन सम्भव बनाई लोकतान्त्रिक मूल्य र मान्यताबाट गणत्रान्तिक ब्यवस्था स्थापित भएको ईतिहास अहिले पनि सबै नेपालीजनको माझ ताजैरहेको जनाउनुभएको छ ।

वहाँले बर्तमान अवस्थामा समेत समयानुसार हरेक तह तप्का, समाज र राजनीतिक दलहरुमा सचेतना ल्याई युवा पुस्ता तथा समाजको जनभावनालाई आत्मसाथ गरी समृद्ध, सुशासित राष्ट्र निर्माण आजको आवश्यकता रहेको बताउनुभएको छ ।

यसै बीच समय र घटनाक्रमसँगै नेपालीको महान चाड बडा दशैँ नेपालीजनको घर-आँगनमा आइपुगेको पर्वमा दुःख–पीडालाई बिर्सिएर नयाँ आशा उमंग र शक्ति प्राप्तिको आराध्य अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सुख, शान्ति र समृद्धिसंगै पाल्ही कोटकी काली भगवती मातासंग सम्पुर्णमा कृपा प्रदान होस भनी प्रार्थना हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

WhatsApp Image 2025 09 30 at 18.14.24 0a91e96e

अन्त: बर्तमान अवस्थामा देश आफैमा विषम परिस्थितिमा परिवर्तनका लागि सपुतहरुको बलिदानीबाट पुरै देशनै शोकमा रहेको बताउनुभएको छ ।

कमेन्टहरु