शनिबारको बाढीले बगायो रेडियो मेलम्चीको भवन

जगत ठाडा मगर
२०७८ साउन १७ | बिहान ०८:०४ बजे

काठमाडौं । शनिवार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन बगाएको छ । गत असार १ गते आएको भीषण बाढीले हेलम्बु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो । मेलम्ची उर्लिरहेकाले थप क्षति हुनसक्ने भएकाले सचेत रहन प्रशासनले आग्रह गरेको छ ।
हेलम्बु गाउँपालिका नाकोते खोलामा बाढी आएको भन्दै मेलम्ची खोला तटिए क्षेत्रका बासिन्दालाई हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शनिवार राति नै सतर्क हुन अनुरोध गर्नु भएको थियो ।
हेलम्बुस्थित चनौटेको रातो पुलमाथिबाट अहिले पनि पानी बगिरहेको, बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ । अन्य केही घरमा क्षति पुर्याएको छ । ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ भने नदिको सतह बढेपछि ग्यालथुम बजार समेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।






















